फास्ट ट्र्याक निर्माणमा १२ अर्ब ६४ करोड खर्च « Khabarhub

फास्ट ट्र्याक निर्माणमा १२ अर्ब ६४ करोड खर्च


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ ।

सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा पुर्ने काम, जग्गा खरिद, क्याम्प निर्माण, सवारी साधन तथा निर्माण सामग्री खरिद र निर्माण उपकरण भाडामा लिन उक्त खर्च भएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

महालेखाका परीक्षकको प्रतिवेदनअनुसार फास्ट ट्र्याक निर्माण गर्न १६ हजार ५ सय १४ ओटा रुख कटानी गर्न ३ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै ६० लाख १७ हजार घनमिटरमा माटो काट्ने र ८ लाख ९ हजार घनमिटरमा माटो पुर्ने काममा ३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।

फास्ट ट्र्याक निर्माणका लागि ८ हजार ९ सय ७२ रोपनी जग्गा खरिद गर्दा ३ अर्ब १० करोड ३५ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ११ वटा निर्माण क्याम्प बनाउनका लागि ७७ करोड १ लाख रुपैयाँ खर्च भएको छ ।

फास्ट ट्र्याक निर्माणका लागि आवश्यक पर्ने २ सय ९३ ओटा सवारी साधन र निर्माण उपकरण खरिदका लागि ९९ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यस्तै विभिन्न प्रकारका साना र ठूला निर्माण उपकरणहरु २ लाख ५७ हजार २ सय ५५ घण्टाका लागि भाडामा लिएर काम गर्दा ८६ करोड ९६ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ ।

फास्ट ट्र्याक निर्माणका लागि बोलपत्र प्रक्रियाबाट १३ अर्ब २६ करोड रुपैयाँको ठेक्का सम्झौता भएकोमा ३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा औंल्याइएको छ ।

नेपाली सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्र्याकबारे महालेखा परीक्षकको प्रतिवेदन,

 

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ५ : ४७ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता