टेबलटेनिसमा विभागीय टिमको वर्चस्व « Khabarhub

टेबलटेनिसमा विभागीय टिमको वर्चस्व


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ ।

प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य जितेको छ ।

प्रतियोगिताको आज तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । शुक्रबार सम्पन्न खेलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको बर्चस्व रहेको छ ।

महिला समुहगत स्पर्धामा नेपाल प्रहरीले स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले रजत तथा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश ३ ले कास्य पदक जितेको छ ।

मिक्स डबल्सतर्फ पुलिस क्लबका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले स्वर्ण पदक जित्यो । पुलिस क्लबकै विनेश खनियाँ र एलिना महर्जनले रजत, एपीएफ क्लबका पुरुषोत्तम बज्राचार्य र टिका सुवाल तथा त्रिभुवन आर्मी क्लबका बोधित विसी र दिक्षा तामाङले कास्य जितेका छन् ।
यस्तै महिला डबल्सतर्फ पुलिस क्लबका नविता श्रेष्ठ र एलिना महर्जनले स्वर्ण पदक हात पारे ।

त्रिभुवन आर्मी क्लबका स्वेच्छा नेम्वाङ र रविना महर्जनले रजत, प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एपीएफ क्लबका एलिसा खड्गी र सीता सुवालले कास्य पदक जितेका छन् ।

पुरुष डबल्सतर्फ पुलिस क्लबका श्यान्टु श्रेष्ठ र विनेश खनियाँले स्वर्ण, एपीएफ क्लबका मनिकुमार लामा र विलास श्रेष्ठले रजत, प्रदेश ३ का सञ्जोक कपाली र एलेक्स महर्जन तथा एपीएफ क्लबका पुरुषोत्तम बज्राचार्य र दीपसुन्दर गोचेले कास्य पदक जितेका छन् ।

यसैगरी शुक्रबार सम्पन्न टेबलटेनिसको पुरुष समुहगत स्पर्धामा एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । त्रिभुवन आर्मी क्लबले रजत तथा नेपाल पुलिस क्लब र प्रदेश ३ ले कास्य पदक जितेको छ । महिला एकल र पुरुष एकलका खेल शनिबार हुने आयोजकले जनाएको छ ।

टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । यसअघि बिहीबार सम्पन्न खेलमा प्रहरीले तीन तथा एपीएफ क्लबले एउटा स्वर्ण पदक जितेको थियो । बिहीबार महिला समूहगत स्पर्धामा पुलिस क्लब र एपीएफ क्लबले स्वर्ण पदक जितेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : ५५ बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य