त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक विमानस्थल’ बनाइँदै « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक विमानस्थल’ बनाइँदै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने योजना अघि सारेको छ । २०७६ साल बैशाख १ गते नयाँ वर्षको अवसर पारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’  बनाइने घोषणासहित औपचारिक कार्यक्रम राखिएको छ ।

कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । त्यसका लागि आवश्यक तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० मा आयोजना हुने नेपाल भ्रमण वर्षलाई समेत सफल बनाउन नेपाली कला, संस्कृति र ऐतिहासिकता झल्कने गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा परिणत गर्न लागिएको यस अघि नै घोषणा गरेका थिए ।

सोही घोषणालाई मुर्तरुप दिन बनाउने विमानस्थलले अल्पकालीन र दीर्घकालीन योजनाहरु पनि तय गरेको छ ।

बुटिक विमानस्थल बनाउन नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई हाल ७ करोड ५० लाख बजेट उपलब्ध गराएको  महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । उनले बुटिक विमानस्थलका लागि ४५ करोड थप बजेट पनि विनियोजन भएको पनि जानकारी दिए ।

एक वर्ष भित्र बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको सो विमानस्थलको भवनहरुका छाना पनि नेपाली कला र संस्कृति झल्कने राखिनेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : २५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख