त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक विमानस्थल’ बनाइँदै « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक विमानस्थल’ बनाइँदै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने योजना अघि सारेको छ । २०७६ साल बैशाख १ गते नयाँ वर्षको अवसर पारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’  बनाइने घोषणासहित औपचारिक कार्यक्रम राखिएको छ ।

कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । त्यसका लागि आवश्यक तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० मा आयोजना हुने नेपाल भ्रमण वर्षलाई समेत सफल बनाउन नेपाली कला, संस्कृति र ऐतिहासिकता झल्कने गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा परिणत गर्न लागिएको यस अघि नै घोषणा गरेका थिए ।

सोही घोषणालाई मुर्तरुप दिन बनाउने विमानस्थलले अल्पकालीन र दीर्घकालीन योजनाहरु पनि तय गरेको छ ।

बुटिक विमानस्थल बनाउन नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई हाल ७ करोड ५० लाख बजेट उपलब्ध गराएको  महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । उनले बुटिक विमानस्थलका लागि ४५ करोड थप बजेट पनि विनियोजन भएको पनि जानकारी दिए ।

एक वर्ष भित्र बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको सो विमानस्थलको भवनहरुका छाना पनि नेपाली कला र संस्कृति झल्कने राखिनेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : २५ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले