थुन नभएको गाईले बाच्छो पायो, दूध सुकाउनुपर्ने बाध्यता « Khabarhub

थुन नभएको गाईले बाच्छो पायो, दूध सुकाउनुपर्ने बाध्यता


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–बेथानचोक गाउँपालिका ३ ढुङ्खर्कका किसान केदारनाथ सापकोटा अहिले एउटा समस्यामा छन् । पहिलेदेखि नै खेतिपातिसँगै गाईपालन गर्दै आएका सापकोटालाई एकाएक समस्या आएको छ । उनले घरमा पालेको कोरली गाई व्याएको छ । तर, उसले दूध दिने थुन नहुँदा समस्या परेको छ ।

यो समस्या समाधानका लागि उनी पशुचिकित्सक कहाँ पुगे पनि त्यसको समाधान निस्केको छैन । पशु चिकित्सकहरुले दूध सुकाउनु बाहेकको अर्को विकल्प नरहेको बताएका छन् ।

उनले गाईको थुन नभएको बारे गाइ व्याउने भएपछि मात्र थाहा पाएका थिए । पहिला घरको कोरलो गाईले बहर खोजेपछि पशुप्राविधिक बोलाएर कृतिम गर्भाधान गराएको बताए । पहिले थाहा नभएपनि गाई व्याउने भएपछि थुनको समस्या रहेको थाहा पाएका उनले विस्तारै पलाउने आशा गरेका थिए । तर, त्यो समस्या गाईले बाच्छो खसाउँदा सम्म समाधान भएन । पशु चिकित्सकहरुले गाईमा वंशाणुगत रोग भएका कारण यस्तो हुनसक्ने बताएका छन् ।

भेटनरी तथा पशु विज्ञ केन्द्र काभ्रेका पशु विशेषज्ञ डा. नवीन उपाध्यायले गाईको कल्चौडामा थुनको निसाननै नभएको बताए ।

अहिले बाच्छालाई अरू गाईको दुध खुवाउने र उक्त गाईको दुध सुकाउनेबाहेक विकल्प नरहेकोले सोही अनुसार औषधि गर्दै गरेको सापकोटाले बताए । यो समस्या आउन नदिन गर्भाधान गराउने बेलामा गाईपाल्ने किसान र प्राविधिक दुवैले ध्यान नपुर्‍याउँदा यस्तो समस्या आएका चिकित्सकहरुको भनाई छ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ८ : २६ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर