थुन नभएको गाईले बाच्छो पायो, दूध सुकाउनुपर्ने बाध्यता « Khabarhub

थुन नभएको गाईले बाच्छो पायो, दूध सुकाउनुपर्ने बाध्यता


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–बेथानचोक गाउँपालिका ३ ढुङ्खर्कका किसान केदारनाथ सापकोटा अहिले एउटा समस्यामा छन् । पहिलेदेखि नै खेतिपातिसँगै गाईपालन गर्दै आएका सापकोटालाई एकाएक समस्या आएको छ । उनले घरमा पालेको कोरली गाई व्याएको छ । तर, उसले दूध दिने थुन नहुँदा समस्या परेको छ ।

यो समस्या समाधानका लागि उनी पशुचिकित्सक कहाँ पुगे पनि त्यसको समाधान निस्केको छैन । पशु चिकित्सकहरुले दूध सुकाउनु बाहेकको अर्को विकल्प नरहेको बताएका छन् ।

उनले गाईको थुन नभएको बारे गाइ व्याउने भएपछि मात्र थाहा पाएका थिए । पहिला घरको कोरलो गाईले बहर खोजेपछि पशुप्राविधिक बोलाएर कृतिम गर्भाधान गराएको बताए । पहिले थाहा नभएपनि गाई व्याउने भएपछि थुनको समस्या रहेको थाहा पाएका उनले विस्तारै पलाउने आशा गरेका थिए । तर, त्यो समस्या गाईले बाच्छो खसाउँदा सम्म समाधान भएन । पशु चिकित्सकहरुले गाईमा वंशाणुगत रोग भएका कारण यस्तो हुनसक्ने बताएका छन् ।

भेटनरी तथा पशु विज्ञ केन्द्र काभ्रेका पशु विशेषज्ञ डा. नवीन उपाध्यायले गाईको कल्चौडामा थुनको निसाननै नभएको बताए ।

अहिले बाच्छालाई अरू गाईको दुध खुवाउने र उक्त गाईको दुध सुकाउनेबाहेक विकल्प नरहेकोले सोही अनुसार औषधि गर्दै गरेको सापकोटाले बताए । यो समस्या आउन नदिन गर्भाधान गराउने बेलामा गाईपाल्ने किसान र प्राविधिक दुवैले ध्यान नपुर्‍याउँदा यस्तो समस्या आएका चिकित्सकहरुको भनाई छ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ८ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको