नगरपालिकाको स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित, पुरुषभन्दा महिला धेरै | Khabarhub Khabarhub

नगरपालिकाको स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित, पुरुषभन्दा महिला धेरै


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट ५ सय २८ बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् ।

बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले स्वास्थ्य सेवा लिएका  बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने मूल नारासहित सञ्चालित बृहत तथा निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ९ जना महिला र १ सय १९ पुरुषले सेवा लिएका प्रवक्ता बराइलीले बताए ।

उनका अनुसार शिविरमा १ सय ८ जनाले भिडियो एक्सरे, ९९ जनाले सुगर परीक्षण र २९ जनाले दाँतसम्बन्धी सेवा लिएका थिए । बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा वडा नम्बर ३, ४ र ९ मा स्वास्थ्य शिविर सञ्चालन गर्न ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

शिविरमा ६१ महिलाको पाठेघरको जाँच र क्यान्सर रोगको परीक्षण समेत गरिएको थियो ।

बेनी अस्पतालका डा नवराज बस्ताकोटीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा प्रदान गरेको थियो । पछिल्लो समय चिनी रोगका बिरामी बढ्दै गएको पाइएको हुँदा खानपानमा ध्यान दिनुपर्ने, शारीरिक व्यायाम गर्नुपर्ने र नियमितरूपमा औषधि सेवन गरे यो रोगलाई न्यूनीकरण गर्न सकिने डा बस्ताकोटीले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ४२ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून