पाकिस्तानको फाइभ स्टार होटलमा आक्रमण, १ सुरक्षा गार्डको मृत्यु भएको पुष्टि « Khabarhub

पाकिस्तानको फाइभ स्टार होटलमा आक्रमण, १ सुरक्षा गार्डको मृत्यु भएको पुष्टि


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलोचिस्तान– पाकिस्तानको बलोचिस्तान प्रान्तको गदर शहरस्थित एक पाँचतारे होटल पर्ल कन्टिनेन्टमा बन्दुकधारीले गरेको आक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बीबीसीका अनुसार बन्दुकधारीले गरेको आक्रमणबाट पाँचतारे पर्ल कन्टिनेन्टल होटलमा कार्यरत एकजना सुरक्षा गार्डको मृत्यु भएको हो ।

३ जना बन्दुकधारीले शनिबार साँझ हाटेलमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको छुट्टिका कारण होटलमा कुनैपनि पाहुना थिएनन् । साथै होटलमा कार्यरत कर्मचारीमध्ये अधिकांश छुट्टिमा थिए ।

आक्रमणको जिम्मा पाकिस्तानको अलगाववादी (पृथकतावादी) संठगन बलोचिस्तान लिब्रेशन आर्मी (बीएलए)ले लिएको छ ।

बीएलएले चीनसहित विदेशी लगानीकर्ताका प्रतिनिधिलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ ।

बलोचिस्तानमा स्थानीय पृथकतावादी समूहहरु चिनियाँ लगानीको विरोध गर्ने गर्छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ३९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर