संसदमा कांग्रेसको प्रस्ताव : ६५ वर्षमै वृद्ध भत्ता दिइयोस् « Khabarhub

संसदमा कांग्रेसको प्रस्ताव : ६५ वर्षमै वृद्ध भत्ता दिइयोस्


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव दर्ता गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न आइतबार संसदमा प्रस्ताव पेश गरेका हुन् ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता पाउने निर्णय गरेको विषय सार्वजनिक गरेको थियो । तर, उक्त निर्णयमा मुख्य सचिवले हस्ताक्षर नै गर्न नमानेपछि कार्यान्वयनमा आएको थिएन ।

कांग्रेस नेता कार्कीले भने देउवा नेतृत्वको तत्कालीन सरकारले जनताको हितलाई केन्द्रमा राखेर ६५ वर्षको उमेरमै वृद्ध भत्ता पाउने निर्णय गरेपनि बर्तमान सरकारले उक्त निर्णय उल्टाएको आरोप लगाएका छन् ।

नेता कार्कीले सरकारले कनिका छरेजस्तै गरी बजेट बाँडेर भोटको राजनीति गर्न खोजेको पनि आरोप लगाए ।

सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट तर्जुमा गर्ने,कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहित र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानीमैत्री बनाउने भनिए पनि ती विषय प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ५५ बजे

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत