‘डा. भट्टराईमा ‘फ्रस्टेसन’ देखियो !’ « Khabarhub

‘डा. भट्टराईमा ‘फ्रस्टेसन’ देखियो !’


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको वैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो यस्तो बताएका हुन् ।

पूर्व प्रधानान्त्री बाबुराम भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताए । उनले सन् १९ सय ८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे ।

उनले भने, “१९८० को दशकमा पूर्व कम्युनिष्टहरुपनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भईसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भिउज्हरु त्यस सिलसिलामा जन्म भए । राईटिस्हरुभित्र पनि एक खालका राईटिसहरुबाट विरक्तिएकाहरु लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी , कुनै कुराहरुबाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो । यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर सा‘बमा पनि व्यक्त हुन्छ ।”

आगामी वर्षको बजेटको प्राथमिकता र सिद्धान्त आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको दाबी पनि सांसद पाण्डेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए ।

अन्तरप्रदेशको समन्वय गर्ने गरि स्पष्ट ढंगले कानून बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १ : ३० बजे

म्याग्दीमा साढे ३१ करोड बढीको सुन्तला उत्पादन

म्याग्दी– यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको

नेपाली सिनेमाको अमर आवाज- ‘यो कुरा रातेलाई मन परेन’

काठमाडौं- नेपाली तथा भारतीय चलचित्र र टेलिभिजन क्षेत्रका सशक्त, अनुकरणीय

मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता

खोटाङ– भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटको घटनामा खोटाङका तीन युवकले

नवलपरासीको अग्यौलीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक

कैफियत देखिएपछि जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा