कसले गराइदियो दुई ‘वर्षा’ को झगडा ? « Khabarhub

कसले गराइदियो दुई ‘वर्षा’ को झगडा ?


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – वर्षा शिवाकोटीको फेसबूकबाट

काठमाडौं – मनोरञ्जन क्षेत्रमा स–साना कुरा पनि ठूला गसिप बन्ने गर्छन् । कलाकारको रुटिन यस्तो हुन्छ कि, एउटा फिल्म खेलिसकेपछि सोही कलाकारसँग लामो समय भेट नहुन पनि सक्छ । कारण, कलाकार अर्कोतिर व्यस्त हुन्छन् । आउँदो शुक्रवारबाट सिनेमा घरमा दुई फिल्म रिलिज हुँदैछन्, ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ । यी दुवै फिल्मले राम्रो क्रेज बनाएका छन् ।

संयोग नै भन्नुपर्छ, नेपाली फिल्म क्षेत्रका दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी पनि दुई फिल्मबाट दर्शकमाझ आउँदैछन् । दुवैले आ–आफ्नो तरिकाले फिल्मको प्रचार गरिरहेका छन् । मिडियामा भने कहिलेकाहीँ यी दुई नायिकाको सम्बन्ध खासै राम्रो नभएको भन्ने गरिन्छ । त्यसो त दुई वर्षा मात्र होइन, नेपाली कलाकार अरु कलाकारसँग मिल्ने, साथ र सहयोग गर्ने गरेको पाइँदैन । यी दुई वर्षालाई भने नाम एउटै परेका कारणले गर्दा गाह्रो परेको छ । नामकै कारण दुईको सम्बन्धलाई लिएर फ्यानले पनि चासो जनाउने गर्छन् । चर्चाका हिसाबले दुवैको उत्तिकै चर्चा पनि हुने गर्छ ।

यसैबीच रिलिज मिति नजिकिँदै गर्दा नायिका वर्षा शिवाकोटीले वर्षा राउतलाई सम्बोधन गर्दै एक लामो स्टाटस लेखेकी छिन् । उक्त लामो स्टाटसमा उनले मिडियामा आएका विभिन्न हल्ला र एकले अर्काको अस्तित्व स्वीकार्न नसकेको विषयको खण्डन गरेकी छिन् ।

‘हिजो एकै फ्रेममा अटाएका हामी आज एकअर्काको दुश्मन बनाइएका छौँ, के साँच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ?,’ वर्षा शिवाकोटीले लेखेकी छिन्, ‘एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ त ?’

वर्षा शिवाकोटीले आफूहरु एउटै बाटोमा हिँडेको बाहिर आएजस्तो दुई वर्षाबीच कुनै विवाद नभएको बताएकी छिन् । साथै उनले रिजिलको क्रममा रहेको राउतको फिल्म ‘जात्रै जात्रा’ लाई सफलताको शुभकामना पनि दिएकी छिन् ।

यता वर्षा राउतले पनि आफूहरुलाई थाहै नपाइ दुश्मनीको बिल्ला भिराइदिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘फूलको आँखामा फूलै संसार !’

उनले आफूहरु कामको व्यस्तताले गर्दा खासै भेट हुन नपाएको र एउटा कलाकार भोलि अर्कोसँग काम गर्नुपर्ने हुँदा समय मिलाउन गाह्रो हुने बताइन् । वर्षा राउतले पनि ‘वीर विक्रम २’ लाई शुभकामना दिएकी छिन् ।

दुई वर्षाको फिल्म रिलिजको क्रममा हुँदा यी दुई नायिका भने निर्माण टिमसँग प्रचारमा व्यस्त छ । मिडियामा कहिलेकाहीँ दुई वर्षाबीच व्यक्तिगत ‘इगो’ भएको भन्ने खबर आउने गर्छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १ : ४६ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ