नर्सहरुलाई तलब नदिने सरकारी अस्पताललाई पनि कानूनी कारवाही हुन्छ : श्रम मन्त्री विष्ट « Khabarhub

नर्सहरुलाई तलब नदिने सरकारी अस्पताललाई पनि कानूनी कारवाही हुन्छ : श्रम मन्त्री विष्ट


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम ऐनमा निधारण गरेअनुसार तलब नदिइ काम लगाउन अस्पताललाई कानूनी कारवाही गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् ।

आइतवार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर बोल्दै श्रम मन्त्री विष्टले नर्सिङ जस्तो पेशामा नीजि अस्पताल खोलेर श्रम शोषण गर्ने नहुने धारण राखेका थिए ।

सरकारले देशभित्र काम गर्ने सवै क्षेत्रका श्रमिकलाई रोजगारीको प्रत्याभुति र सुरक्षा ग्यारेन्टी गर्ने नियम कानून बनाइसेको मन्त्री विष्टले बताए । उनले भने, ‘देशभित्र ठूलो संख्यामा नर्सको आवश्यकता छ । हाम्रो समाजमा नर्सिङ पेशालाई राम्रो अथवा मर्यादित मानिन्छ । जसका कारण सवै समान ज्याला काम गर्ने प्रेरित गर्नुपर्छ । देशभित्रका नीजि कम्पनीका कारण धेरै युवा विदेश पलायन भइरहेका छन् ।’

नर्सहरुले धेरै काम गर्नु परेपनि थोरै पारिश्रमिक रोजगारदाताले दिइरहेको प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

देशभित्र रोजगारी गरिरहेका नर्सलाई धेरै चुनौती रहेको नेपाल नसिङ संघकी अध्यक्ष तारा पोखरेलले बताइन् । नर्सका समस्याप्रति सरकार नै गम्भीर भएर काम नगरेको उनको आरोप छ । सरकारले नर्सका लागि रोजगारका अवसरप्रति ध्यान नदिदाँ नर्स पढेका धेरै युवायुवती बेरोजगार रहेको अध्यक्ष पोखरेलले बताइन् ।

देशभित्र नर्सिङ अध्ययन सकेर बसेका ७० हजारभन्दा बेरोजगार अवस्थामा भएको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १ : ५८ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि