डिआईजीमा बढुवा भएका पोखरेलले पाए दर्ज्यानी चिह्न « Khabarhub

डिआईजीमा बढुवा भएका पोखरेलले पाए दर्ज्यानी चिह्न


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल प्रहरीको नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त डिआईजी पोखरेलाई प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

६ महिनादेखि रिक्त रहेको प्रहरी नायव महानिरीक्षकको पदमा पोखरेलको एकल सिफारिस भएको थियो ।

डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरी नायव महानिरीक्षकको एक पद रिक्त थियो ।

पोखरेल यसअघि लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत थिए । संगठनमा पोखरेललाई व्यावसायिक र राम्रो छवि भएका प्रहरी अधिकृतको रुपमा चिनिन्छ ।

पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी प्रहरी महानिरीक्षक (आईजी)का रुपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ०३ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०