डिआईजीमा बढुवा भएका पोखरेलले पाए दर्ज्यानी चिह्न | Khabarhub Khabarhub

डिआईजीमा बढुवा भएका पोखरेलले पाए दर्ज्यानी चिह्न


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल प्रहरीको नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त डिआईजी पोखरेलाई प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

६ महिनादेखि रिक्त रहेको प्रहरी नायव महानिरीक्षकको पदमा पोखरेलको एकल सिफारिस भएको थियो ।

डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरी नायव महानिरीक्षकको एक पद रिक्त थियो ।

पोखरेल यसअघि लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत थिए । संगठनमा पोखरेललाई व्यावसायिक र राम्रो छवि भएका प्रहरी अधिकृतको रुपमा चिनिन्छ ।

पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी प्रहरी महानिरीक्षक (आईजी)का रुपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ०३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको