निखिल उप्रेती भन्छन् – करोड बढी खर्च भइसक्यो, साथीहरूले धोका दिए « Khabarhub

निखिल उप्रेती भन्छन् – करोड बढी खर्च भइसक्यो, साथीहरूले धोका दिए


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार निखिल उप्रेतीले दुई वर्षअघि घोषणा गरेको फिल्म ‘कमिटमेन्ट’ छायांकन हुँदाहुँदै रोकियो । फिल्म निर्माणका लागि झण्डै एक करोड खर्च भइसकेको थियो । यो फिल्म ५ करोडमा निर्माण सम्पन्न गरिने भनिएको थियो । तर, दुई वर्ष हुँदा फिल्मको निर्माण सकिनुको साटो शूटिङ रोकिएको छ । बजारमा हल्ला चलिरहेको छ, अब यो फिल्म बन्दैन ।

यता अभिनेता निखिल उप्रेतीले भने यो फिल्म जुनै पनि हालतमा बन्ने दाबी गरेका छन् । उनका अनुसार फिल्म निर्माण गर्ने भनेर एक करोडभन्दा बढी खर्च भइसकेको छ । तर, पछि निर्मातामा ‘फाटो’ आउँदा फिल्मको छायांकन अगाडि बढ्न सकेन ।

‘पहिलोपटक मेरो एउटा ठूलो क्यानभासको फिल्म बनाउने कोशिश थियो, यो फिल्म बन्न चाहिँ बन्छ,’ अभिनेता उप्रेतीले खबरहबसँगको कुराकानीमा भने, ‘भारतीय कलाकारले पनि फिल्मको कथा रुचाएका थिए, फिल्मको कथा गज्जबको छ, भिडियो गेममा आधारित छ ।’

उनले एकैपटक ठूलो फिल्ममा काम गर्दा गाह्रो भएको बताए । उनका अनुसार फिल्ममा अन्य भारतीय कलाकारसँग पनि काम गर्ने सहमति भएको थियो । तर, भारतीय कलाकारले छायांकनमा समय मिलाउन नसक्दा शूटिङ रोकिएको निखिलले बताए । ‘उनीहरुका लागि हाम्रो फिल्म पहिलो प्राथमिकतामा पर्दैन, शूटिङका लागि कलाकारको समय नमिल्दा छायांकन नै रोकियो,’ निखिलले भने ।

उनले फिल्म कि त भयंकर बनाउने, नत्र बरु नबनाउने भन्ने सोच बनाएकाले कामचलाउ टाइपको फिल्म बनाउन नखोजेको बताए । फिल्मको छायांकन ढिलो भएपछि पछि निर्माताहरुमा नै समस्या देखिएको पनि उनले खुलाए । उनले भने, ‘अन्तिममा मेरै टिमका साथीहरुले मलाई धोका दिँदै गए, बजेट लिकेज हुँदै गयो ।’

निखिलले अहिले यो कथामा फिल्म रोकिए पनि कुनै न कुनै समय बन्ने विश्वास व्यक्त गरे । ‘अहिले फिल्म रोकिएको छ । तर कुनै न कुनै समय बन्छ,’ उनले भने । यो फिल्मको कथा भारतका ‘ए ग्रेड’ फिल्म निर्माणका लागि माग भएको तर आफूले नदिएको पनि खबरहबलाई उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया