कुलमानले गोल्छालाई भने–कुलेखानी तेस्रोको विद्युत उत्पादन समयमै नभए ठेक्का तोडेर कालोसूचीमा राख्छु « Khabarhub

कुलमानले गोल्छालाई भने–कुलेखानी तेस्रोको विद्युत उत्पादन समयमै नभए ठेक्का तोडेर कालोसूचीमा राख्छु


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ । निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि यो आयोजना बनिरहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा आयोजनाको व्यवस्थापन, निर्माण व्यवसायी र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण उक्त समयभित्र सम्पन्न गर्ने निर्णय भएको हो । आयोजनाको विद्युत्गृहमा रहेका उपकरणबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण ‘वेट एण्ड नो लोड टेस्टिङ’ सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीले जनाएका छन् ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण यसअघि नै प्ररम्भिकरूपमा सम्पन्न भइसकेको छ । ‘विद्युत् गृहको टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करीब सम्पन्न भइसकेको छ । हाल अन्य उपकरणको ‘ड्राई टेस्ट’ भइरहेको छ । सुरुङ पेनस्टक पाइपलगायत सम्पूर्ण संरचना तथा उपकरणको परीक्षण भइसकेको छ,” घिसिङले भन्नुभयो, “जतिसक्दो छिटो आयोजनाबाट विद्युत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौँ ।” आयोजनाको निर्माण चालू आवभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्स्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भएको छ ।

कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुलासका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरवाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने चेतावनी दिएका थिए ।

“अझै पनि विभिन्न बहाना बनाएर कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत् उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु,” उनले टेलिफोनमा गोल्छालाई चेतावनी दिँदै भने। राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

कम्पनीले विद्युत्गृह तथा प्रसारण लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आज नै रकम उपलब्ध गराएको छ । कम्पनीले श्रमिकलाई करीब रु १८ लाख दिन बाँकी छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ५३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको