पर्साका स्थानीय तहहरु सहकार्य गरेर अगाडि बढ्ने | Khabarhub Khabarhub

पर्साका स्थानीय तहहरु सहकार्य गरेर अगाडि बढ्ने


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– पर्सा जिल्लाका स्थानीय तहले विपद तथा दैवी प्रकोपटका घटनासँग जुध्न एक–आपसमा सहकार्य गर्ने निर्णय गरेका छन् । साथै प्राकृति स्रोत साधनको प्रयोग र वितरणमा पनि विवाद नहुने गरी अगाडि बढ्ने पर्साका स्थानीय तहले समझदारी गरेका छन् ।

वीरगन्जमा सम्पन्न स्थानीय तहहरुको समन्वय वैठकमा सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि समेत स्थानीय प्रशासनसँग मिलेर सहकार्य गर्ने स्थानीय तहका प्रमुखहरुबीच सहमति जुटेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा उल्लेखित ‘स्थानीय तहहरुले साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने’ व्यवस्थाअनुसार पर्साका स्थानीय तहले एक–आपसमा सहकार्य गर्ने निर्णय गरेका हुन् ।

स्थानीय तहबीच हुने सहकार्यका लागि क्षेत्रहरुको पहिचान गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

पर्सा जिल्लामा रहेका विभिन्न राजनैतिक चुनौती तथा साझा विकास लगायत विभिन्न मुद्दाहरुमा एकजुट भएर अगाडि बढ्ने स्थानीय तहका प्रमुखहरुबीच समझदारी बनेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ३ : ५८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः