यौनिक अल्पसंख्यक महिलाहरुमाथि विभेद भएको गुनासो | Khabarhub Khabarhub

यौनिक अल्पसंख्यक महिलाहरुमाथि विभेद भएको गुनासो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक महिलाहरुमाथि राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक महिला समुह (मितिनी नेपाल)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले महिलाको हक अधिकार तथा समस्याका विषयमा चर्चा गर्दै राज्यले हेर्ने दृष्टिकोण फरक रहेकोमा गुनासो व्यक्त गरे ।

पछिल्लो समय सरकारले विभिन्न कार्यक्रम गरिरहे पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक महिलाहरुका लागि लक्षित कार्यक्रम नगरेको समुहकी अध्यक्ष लक्ष्मी घलानले बताइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्धाहरुलाई लिएर दक्षिण यसियाली राष्ट्रहरुमध्ये नेपाल अग्रपंक्तिमा रहेपनि त्यस्ता समुदायलाई लक्षित गरी विद्यालय र स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल नभएका उनीहरुको गुनासो छ ।

‘नेपालको संविधानले यो समुदायको हक अधिकारलाई संविधानको धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हक अधिकार सुनिश्चित ग¥यो तर कार्यन्वयन पक्ष फितलो भएकै कारण राज्यका विभिन्न निकायमा अझै पनि आफ्नो अधिकार लिनबाट यो समुदाय बञ्चित छ’ कार्यक्रममा बोल्दै घनालले भनिन् ।

झट्ट हेर्दै तेस्रो लिङ्गी देखिने उनीहरुलाई राज्यले रोजगारीको पुहँच पु¥याउन नसक्दा कतिपय महिलाहरु यौन व्यवसायतिर लाग्न बाध्य भएका छन् ।  ‘अल्पसंख्यक महिलाहरुलाई आज पनि समाजले हेर्ने दृष्टिकोण फरक छ ।’ अध्यक्ष घलानले भनिन्, ‘व्यवहारमा र बुझाइमा फरक भएका कारणले राज्यले अझै पनि हाम्रो मुद्धालाई राष्ट्रिय मुद्धाका रुपमा लिएको छैन, हामीहरुमाथि गरिने भेदभाव यथावत नै छ ।’

राज्यका प्रत्येक निकायका व्यक्तिहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बारेमा विस्तृत रुपमा जानकारी नभएको बताउँदै मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी भन्छिन््, ‘अझैपनि समुदायबाट भेदभाव, लाल्छना झेल्नुपरेको तितो यथार्थ सर्ववीदितै छ ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ५२ बजे

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन

काठमाडौं– अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई डा. बाबुराम भट्टराईले समर्थन

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं– गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्