श्रीमान जिम्मेवार नबन्दा बिग्रन सक्छन् श्रीमती, ख्याल गर्नुहोस् | Khabarhub Khabarhub

श्रीमान जिम्मेवार नबन्दा बिग्रन सक्छन् श्रीमती, ख्याल गर्नुहोस्


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीचको सम्बन्ध सुमधुर बनाउनु दुई जनाकै भूमीका महत्वपुर्ण हुन्छ । दुईजनाले नै एक अर्कामा विश्वासका साथ अघि बढ्ने हो भने सम्बन्ध बलियो बनाउन सकिन्छ ।

यहाँ हामीले यस्ता केही उपाय उल्लेख गरेका छौं जहाँ श्रीमान र श्रीमतीबीचको मतमुटाव साम्य हुनसक्छ । अनि सुमधुर र आत्मिय सम्बन्ध विस्तार हुनसक्छ । यो तपाईंका लागि पनि उपयोगी छ कि ?

– यदि तपाईंलाई श्रीमतीमाथि शंका छ भने श्रीमितीलाई फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाइमा विशेष ध्यान दिनुहोस् । अनावश्यक खाली समय भयो भने पनि श्रीमितीहरुको मन बहकिन सक्छ त्यसैले श्रीमतीलाई व्यस्त राख्नुहोस् ताकी उनले दिमागमा नानाथरी कुरा खेल्न नपाओस् ।

– श्रीमती के गर्दै छिन्, कहाँ जाँदै छिन् किन जाँदै छिन्, को सँग जाँदैछिन् भन्ने जस्ता कुरामा विचार पुर्‍याउनुस् । तपाईंले आफ्नो श्रीमतीलाई धेरै माया गर्छु भन्दैमा अन्धभक्त भएर विश्वास गर्नु पनि ठीक हुँदैन । यसको मतलव धेरै शंका गर्नु पनि राम्रो होइन ।

– सकेसम्म श्रीमतीलाई घरमा एक्लै नछाड्नुहोस् । यति तपाईं वैदेशिक रोजगारी या बाहिर कतै जाँदै हुनुहुन्छ भने श्रीमतीलाई घरपरिवारसँगै राख्नुहोस् ।

– आमाबाबुको सबै कुरा सुन्नुहोस् । किनकी उनीहरुले तपाईं र तपाईंको कु भलो हुने कुरा कहिल्यै बोल्नुहुन्न ।

– तपाईको फोनको श्रीमतीले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्दा उनले तरिकाले बोलेकी छिन् ? बोल्दा बोल्दै एकासी झर्किने, रिसाउने गर्छिन् भने पनि शंका गर्ने ठाउँ उत्पन्न हुन्छ ।

– कहिलेकाहीं श्रीमतीलाई अभावमा पनि बाँच्न सिकाउनुहोस् । तर, त्यसो भन्दैमा धेरै कष्ट भने दिनुहुँदै । धेरै माया गरेर सबै पैसा श्रीमतीलाई नै पठाउनुहुन्छ त्यसको हिसाब किताब केही राख्नुहुन्न माग्नुहुन्न भने कहिलेकाहीं त्यो पैसा गलत काममा पनि प्रयोग हुन सक्छ ।

– एउटा विचार गर्नुपर्ने कुरा तपाईंकी श्रीमती कतिको चुलबुले छिन् ? यदि चुलबुले छिन् भने अलि ख्याल गर्नु होस्, किन कि महिलाहरु जति चुलबुले हुन्छन त्यतिनै यौनका प्यासी पनि । त्यसैले त्यस्तो अवस्थामा तपाईंले समय दिनुभएन भने जे पनि हुनसक्छ ।

– श्रीमतीलाई समय दिनुहोस् : साथि भाइ, कार्यालय, कामकाम मात्र पनि नभन्नुहोस् । तपाईंले श्रीमतीलाई पनि समय दिनु आवश्यक हुन्छ । बिदाको समयमा घुमाउन लैजाने, कहिले काहीं सरप्राइज उपहार दिने काम गर्नुहोस् । जसका कारण श्रीमतीको तपाईं प्रतिको माया झनै गाढा भएर जानेछ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ४४ बजे

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी