भागवद् गीताका जीवन उपयोगी सूत्र, जो निकै उपयोगी छन् « Khabarhub

भागवद् गीताका जीवन उपयोगी सूत्र, जो निकै उपयोगी छन्


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

धर्म ग्रन्थ अनुसार, कलियुगको आरम्भमा कुरुक्षेत्रको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए ।

हस्तिनापुरका राजा धृतराष्ट्र( जो आँखा देख्दैन थिए) लाई सञ्जयले महाभारत युद्धका क्रममा भएका घटना क्रमको वर्णन गर्ने क्रममा प्राप्त भएको हो ।

सञ्जयलाई युद्ध भूमिमा नगई त्यहाँका सबै घटना र विवरण देख्नसक्ने दिव्य दृष्टि प्राप्त भएको थियो ।

गीता युद्धको मैदानमा भगवान श्री कृष्णले अर्जुनलाई दिएको दिव्य ज्ञानको रुपमा महाभारतमा व्याख्या गरिएको छ । यसमा १८ अध्याय छन् ।

गीता ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो । हिन्दुधर्ममा यसको विषेश महत्व रहिआएको छ ।

यहाँ हामीले गीताका केही सारहरु उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छ ।

– आत्माले न कल्यिै जन्म लिन्छ न कहिल्यै मर्छ नै ।

– तिमी वितेको समयको कदापी पश्चताप नगर, अनि भविष्यको चिन्ता पनि नगर । बस्, वर्तमान राम्रो सँग चलाउ ।

– चिन्ता र डर त्याग : किन व्यर्थ चिन्ता गर्छौ ? को देखि डराउदछौ ? तिमीलाई कसले मार्छ र ?

–तिम्रो के गएको छ र व्यर्थै तिमी रुन्छौ ? तिमीले जन्मदा के लिएर आएका थियौ र अहिले के हरायौ ?

– तपाईं ढुक्क हुनुहोस् जे भयो, त्यो एकदम राम्रो भयो । जे हुँदैछ, त्यो पनि राम्रै हुँदैछ । अनि, जे हुनेछ, त्यो झनै राम्रो हुनेछ ।

– बेकार किन आतिन्छौं ? तिमीले अहिले सम्म के पैदा गरेका थियौ र त्यो नाश भयो ?

– चिन्ता नगर, तिमीले जन्मदा सँगै केही लिएर आएका थिएनौ । जे पायौ, त्यो यहीँबाट पायौ । जति दियौ, त्यो पनि यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जाँदै छौ । जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो र भोलि अरु कसैको हुनेछ ।
– तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ भने त्यही खुसी नै तिम्रो दुःखको मूल कारण बन्न सक्छ ।

– छाड चिन्ता नगर । अब देखि मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने कुरा नै मनबाट हटाइदेऊ त्यसपछि सबै तिम्रो हुनेछ र तिमी सबैको हुने छौ ।

– एक क्षणमै तिमी करोडपति बन्दछौ, अनि दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु