खप्तड पुग्ने नयाँ पदमार्ग खुल्यो, अब ३ घण्टा मात्रै हिँडेर पुगिने « Khabarhub

खप्तड पुग्ने नयाँ पदमार्ग खुल्यो, अब ३ घण्टा मात्रै हिँडेर पुगिने


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– भूस्वर्गका रुपमा चिनिने खप्तड पुग्न नयाँ पदमार्ग निर्माण भएको छ । अछामका स्थानीयले ३ घण्टामै खप्तड पग्ने गरी नयाँ पदमार्ग निर्माण गरेका हुन् ।

अब अछामको बाटो भएर खप्तड जाने पर्यटक तथा तीर्थालुले ३ घण्टामात्रै पैदल हिँड्नुपर्ने छ । यसअघि अछामको बाटो खप्तड पुग्न ८ देखि १० घण्टासम्म लाग्ने गर्दथ्यो ।

अछामको साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट ३ घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

साँफेबगर नगरपालिकाको १० लाख आर्थिक सहयोगमा तथा स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पदमार्ग निर्माण भएसँगै अछामबाट खप्तड जानेका लागि यात्रा छोटिएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पैदलमार्ग निर्माण भएसँगै अछामबाट जाने अन्य सबै रुटभन्दा छिटो खप्तड पुगिने स्थानीय हर्क रावलले बताए ।

यस्तै नगरबाटै रु पाँच लाखको सहयोगमा वडा नं १२ स्थित खप्तडको उनिसैनमा घरबास पनि सञ्चालनमा ल्याइएको छ । अब साँफेबगर हुँदै खप्तडको उनिसैन पुगेर घरबासको आनन्द लिई २ घण्टामै खप्तड पुगेर रमाउन सकिने साँफेबगर नगर कार्यपालिका सदस्य शङ्कर भुलले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : १५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ