राजपा सांसदको टिप्पणी– लोक सेवाको विज्ञापनबारे सरकार दूधे बालकजस्तो भयो « Khabarhub

राजपा सांसदको टिप्पणी– लोक सेवाको विज्ञापनबारे सरकार दूधे बालकजस्तो भयो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद अनिल कुमार झाले संवैधानिक अंगबाटै समावेशी सिद्धान्त खत्तम गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

स्थानीय सेवाका कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले आह्वान गरेको विज्ञापनप्रति लक्षित गर्दै झाले योजनाबद्ध रुपमा समावेशी सिद्धान्तलाई खत्तम गर्ने काम भइरहेको आरोप लगाए ।

लोक सेवा आयोगले समावेशी सिद्धान्त र संविधानको भावना विपरित विज्ञापन आह्वान गरेकोमा सच्याउनुपर्ने झाको भनाइ छ ।

बुधबार संसद बैठकमा बोल्दै झाले अहिले ठूलो संख्यामा युवाहरु आयोगको परीक्षाका लागि तयारी गरिरहे पनि उनीहरुले आन्दोलनमा उत्रिनुपर्ने स्थिति सिर्जना गरिएको भन्दै आपत्ति जनाए ।

विज्ञापनमा मानवीय त्रुटि भए त्यसलाई सच्याएर अगाडि बढ्नुपर्नेमा सरकार भने दूधे बालकको जस्तो हटमा कायम रहेको झाले टिप्पणी गरे ।

संसदीय समिति (मिनी पार्लियामेन्ट)ले विज्ञापनलाई रोकेर सच्याउन भने पनि सरकार भने अहिलेकै विज्ञापनलाई जसरी पनि अगाडि बढाउने भनेर लागिपरेको झाको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : ५० बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक