राजपा सांसदको टिप्पणी– लोक सेवाको विज्ञापनबारे सरकार दूधे बालकजस्तो भयो « Khabarhub

राजपा सांसदको टिप्पणी– लोक सेवाको विज्ञापनबारे सरकार दूधे बालकजस्तो भयो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद अनिल कुमार झाले संवैधानिक अंगबाटै समावेशी सिद्धान्त खत्तम गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

स्थानीय सेवाका कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले आह्वान गरेको विज्ञापनप्रति लक्षित गर्दै झाले योजनाबद्ध रुपमा समावेशी सिद्धान्तलाई खत्तम गर्ने काम भइरहेको आरोप लगाए ।

लोक सेवा आयोगले समावेशी सिद्धान्त र संविधानको भावना विपरित विज्ञापन आह्वान गरेकोमा सच्याउनुपर्ने झाको भनाइ छ ।

बुधबार संसद बैठकमा बोल्दै झाले अहिले ठूलो संख्यामा युवाहरु आयोगको परीक्षाका लागि तयारी गरिरहे पनि उनीहरुले आन्दोलनमा उत्रिनुपर्ने स्थिति सिर्जना गरिएको भन्दै आपत्ति जनाए ।

विज्ञापनमा मानवीय त्रुटि भए त्यसलाई सच्याएर अगाडि बढ्नुपर्नेमा सरकार भने दूधे बालकको जस्तो हटमा कायम रहेको झाले टिप्पणी गरे ।

संसदीय समिति (मिनी पार्लियामेन्ट)ले विज्ञापनलाई रोकेर सच्याउन भने पनि सरकार भने अहिलेकै विज्ञापनलाई जसरी पनि अगाडि बढाउने भनेर लागिपरेको झाको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : ५० बजे

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा