गुठी विधेयक ल्याएर सरकरले निजी सम्पत्तिमाथि घुमाउरो रुपमा नियन्त्रण गर्न खोज्दैछ– प्रकाशमान « Khabarhub

गुठी विधेयक ल्याएर सरकरले निजी सम्पत्तिमाथि घुमाउरो रुपमा नियन्त्रण गर्न खोज्दैछ– प्रकाशमान


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । पुस्तौ पुस्तादेखि चलिआएको गुठी सम्बन्धी व्यवस्थालाई सरकारले नियन्त्रणमा लिन खोजेको कांग्रेसको आरोप थियो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठक शुरुहुनासाथ प्रतिपक्षी दलहरु उठेपछि सभामुख कृष्णबहादुर महराले बोल्नका लागि समय दिएका थिए ।
प्रमुख प्रतिपक्षी दलका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंहले गुठी सम्बन्धी विधेयक गलत मनसायबाट आएको टिप्पणी गरे ।

गुठीसम्बन्धि विधेयकमा गुठियारहरुलाई पुस्तौं पुस्तादेखि स्थापना भएको निजी गुठीलाई सार्वजनिक गुठीमा लगेपछि प्राधिकरमार्फत नियन्त्रणमा लिनका लागि गतल मनासायबाट विधेयक आएको सांसद सिंहको भनाइ थियो ।

विधेयक सरोकारवाला, गुठीयारसँग छलफल नगरि आएका कारण यो विधेयक कसकालागि आएको र कसलाई प्रभाव पार्न खोजेको हो भन्दै उनले प्रश्न गरे ।

‘२ हजार भन्दा बढी गुठी सञ्चालनमा आइरहेको छु’ सिंहले भने‘ त्यसलाई व्यवस्थित गर्ने नाममा निजी गुठीलाई सरकारी समितिको मार्फत नियन्त्रण गर्न खोजेको हो ।’

सरकारले निजी सम्पत्तिको ग्यारेन्टी गर्ने अधिकारलाई पनि परोक्ष रुपमा घुमाउरो पारामा नियन्त्रणमा लिन खोजेको उनको आरोप छ ।

उपत्यकामा धेरै परिवारले आफ्नो पारिवारिक पुजा गर्ने, जात्रा गर्ने परम्परादेखि चल्दै आएको रितिरिवाजलाई जीबन्त राख्ने काम भइरहेको ठाउँमा प्राधिकरणमार्फत राखेर निजी गुठीलाई सरकारको नियन्त्रणमा ल्याउन खोजिएको सिंहले आरोप लगाए ।

‘निजी सम्पत्ति माथि नै परोक्ष रुपमा नियन्त्रण लिने सरकारले नराम्रो संकेत गरेको छ’ उने भने,‘संविधानले निजी समपत्तिको रक्षा गर्ने अधिकार दिएको जसलाई सरकारले नियन्त्रण गर्न खोजेको छ ।’

‘संविधानको धार २९० ले स्पस्ट रुपमा गुठीको मूल भावना विपरित हुने गरे गुठी सम्बन्धी कानून संशोधन गर्न पाइने छैन भनिएको छ, तर गुठीको प्राण उडाउने खराब नियतबाट आएको छ यसलाई तुरुन्त र्फिता गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झाले गुठी सम्बन्धी विधेयक सरोकारवालासँग छलफल नगरि आएको भन्दै त्यसको विरोध गरे ।
उनले आफ्नो सम्पत्तिको रक्षा गर्न पाउने अधिकार सबैलाई भएको बताए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : ५२ बजे

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय