टिचिङ अस्पताल निजी अस्पतालको एजेन्ट बनेको सांसदको आरोप « Khabarhub

टिचिङ अस्पताल निजी अस्पतालको एजेन्ट बनेको सांसदको आरोप


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालले (टिचिङ)  निजी अस्पतालको एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सत्तारुढ नेकपाका सांसद देव प्रसाद गुरुङले टिचिङ अस्पतालले निजी अस्पतालमा बिरामी रेफर गरेर एजेन्सीको रुपमा काम गरीरहेको आरोप लगाए ।

उनले टिचिङ अस्पतालको आकस्मिक सेवा विभागमा जाने बिरामीलाई अस्पतालले निजी अस्पतालमा रेफर गर्ने गरेको भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग आग्रह समेत गरेका छन् ।

‘टिचिङ अस्पतालको इमर्जेन्सिमा जति पनि बिरामी गइरहेका हुन्छन् । ती धेरै जस्तो बिरामीलाई त्यहाबाट प्राइभेट हस्पिटल पठाउने गरीरहेको छ” गुरुङले भने,’राज्यको स्वामित्व रहेको हस्पिटलमा उपचार गराउनुको सट्टामा निजी हस्पिटलमा पठाउने व्यवहार देखिरहेको छ, त्यसले निजी अस्पतालहरुको एजेन्सीको भूमिकाको रुपमा त्यहाको हस्पिटलले काम गरीरहेको जस्तो देखिन्छ त्यसैले त्यसलाई अविलम्ब नियन्त्रण गरियोस् ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : १३ बजे

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय