जनजाति महोत्सवमा जसुलाई उत्कृष्ट निर्देशकको उपाधि « Khabarhub

जनजाति महोत्सवमा जसुलाई उत्कृष्ट निर्देशकको उपाधि


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – तेस्रो ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा कलाकार तथा निर्देशक जसु गुरुङले उत्कृष्ट निर्देशकको उपाधि हात पारेकी छिन् । आदिवासी जनजाति चलचित्र महासंघले राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गरेको महोत्सवमा उनलाई उत्कृष्ट निर्देशक घोषित गर्दै उपाधि प्रदान गरिएको हो ।

३ दिनसम्म चलेको महोत्सवमा १९ वटा चलचित्र प्रदर्शन गरिएका थिए । तीमध्ये जसुले निर्देशन गरेको जनजाति चलचित्र ‘म्ले क्युँ’ उत्कृष्ट दरियो । महोत्सवमा अन्य ८ विधामा पनि उपाधि प्रदान गरिएको थियो ।

यस्तै महोत्सवमा लघु फिल्मको विधाबाट ‘पुल्टी’ र सुनुवार समुदायको कथा समेटिएको वृत्तचित्र ‘छेँगु’ पनि उत्कृष्ट दरिए । त्यसै गरी उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले उत्कृष्ट पुरुष कलाकारको उपाधि जिते भने विनिता थापा मगरले उत्कृष्ट महिला कलाकारको उपाधि जितिन् ।

छायांकारको उपाधि चलचित्र ‘यारी’ बाट युवराज राईले हात पारे । यसै गरी पब्लिक च्वाइस अवार्ड विधामा चलचित्र ‘रिजेनासा’ उत्कृष्ट भयो । उपाधि जितेका कलाकारलाई चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालमा सांस्कृतिक पर्यटकको उजागर गर्ने उद्देश्यले जेठ २४,२५ र २६ गते महासंघले महोत्सवको आयोजना गरेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ४१ बजे

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ