विद्या बालनको यो तस्वीर देखेर सोनाक्षीलाई जलन ! « Khabarhub

विद्या बालनको यो तस्वीर देखेर सोनाक्षीलाई जलन !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री विद्या बालन आजभोलि इन्डोनेसियाको बालीमा रमाइरहेकी छिन् । उनले त्यहाँबाट पनि सुन्दर तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । जुन तस्वीर देखेर फ्यान मात्र होइन, सेलिब्रेटीले पनि प्रतिक्रिया दिइरहेका छन् ।

हालै विद्याले बाली पुगेर तस्वीर शेयर गरिन् । ती तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् । तर, उक्त तस्वीर अर्की अभिनेत्री सोनाक्षी सिंहलाई भने मन परेन । आफूलाई मन नपरेको भन्दै दिइएको कमेन्टको बलिउडमा चर्चा भएको छ ।

सोनाक्षीले कमेन्टमा त्यस्तो खासै केही लेखेकी भने होइनन् । उनले लेखिन्, ‘तिमीले मलाई आफ्नो साथ किन लगिनौ ?’

सोनाक्षी काममा यति व्यस्त छिन् कि, उनी विदा मनाउन कतै जान पाएकी छैनिन् । तर उनलाई जान भने मन रहेछ । त्यसो त सोनाक्षी आफ्नो जन्मदिनमा घुम्न निस्केकी थिइन् । त्यतिले उनलाई के पुग्थ्यो र !

होलिडे तस्वीरमा विद्या बालन सुन्दर र हट देखिएकी छिन् । उनको उक्त तस्वीरमा प्रियंका चोपडा, अदितिराव हैदरी, एकता कपूर लगायतका सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् । विद्याले शेयर गरेको तस्वीरमा फिल्म द डर्टी पिक्चरको मा झैं देखिएकी छिन् विद्या ।

यही कारण पनि हुनुपर्छ, विद्याको तस्वीरको बलिउडमा चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : ३७ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा