एक युवक बने ६ कक्षामा पढ्ने २६ विद्यार्थीको अभिभावक « Khabarhub

एक युवक बने ६ कक्षामा पढ्ने २६ विद्यार्थीको अभिभावक


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौती नगरपालिका–७ अघाटोलका एक युवाले स्थानीय विद्यालयको कक्षा ६ मा अध्ययनरत सबै विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

स्थानीय युवा अच्युत भट्टराईले पनौतीस्थित पुण्ड माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत २६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन् ।

भट्टराईले ६ कक्षमा पढ्ने सबै विद्यार्थीको भर्ना, विद्यालय पोशाक (ट्र्याकसूट) समेत र किताब–कापी व्यवस्थापन गरेका हुन् ।

‘एउटा कक्षाका सबै विद्यार्थीको अभिभावकत्व गरेको छु, भर्ना, पोशाक र स्टेशनरी व्यवस्था गरे, अब विद्यार्थीको खाजाको लागि व्यवस्थापन गर्दैछु,’ रासससँगको कुराकानीमा उनले भनेका छन् ।

उहाँले आगामी शैक्षिक सत्रमा थप एक कक्षाका विद्यार्थीको पनि अभिभावकत्व ग्रहण गर्ने योजना रहेको उनको भनाइ छ ।

आफूलाई बाल अवस्थादेखि नै बालबालिकाको शिक्षाप्रति विशेष चासो रहने गरेकाले सामाजिक क्षेत्रमा केही गर्ने उद्देश्य अनुरुप एकै कक्षाका २६ जना विद्यार्थीको अभिभावक्त ग्रहण गर्ने बताएका हुन् ।

आफूले अभिभावत्व लिएका विद्यार्थीले १० कक्षासम्म अध्ययन गर्दा लाग्ने सबै खर्च व्यहोर्ने भट्टराईले सुनाए ।

सरकारले गत वर्षको भर्ना अभियानदेखि अभिभावकत्व ग्रहण गर्ने चलन बसाएपछि अलिहे मन्त्रीदेखि सर्वसाधारणसम्मले विपन्न परिवारका विद्यार्थीको पढाइ खर्च व्यहोर्ने गरी अभिभावक्त ग्रहण गरिरहेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : २१ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड