मेक्सिकोमा फेरि पत्रकारको हत्या « Khabarhub

मेक्सिकोमा फेरि पत्रकारको हत्या


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोमा अर्का एक पत्रकारको हत्या भएको छ । दक्षिण पश्चिमी मेक्सिकोको टबास्को राज्यमा स्थानीय अखबारमा कार्यरत पत्रकार नोर्मा सराबियाको हत्या गरिएको हो ।

स्थानीय टबास्को होए नामक अखबारमा विगत १५ वर्षदेखि कार्यरत उनलाई हुइमानगुइलो शहरमा रहेको आफ्नै घरअगाडि मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए । यो वर्ष मेक्सिकोमा हत्या गरिने उनी छैटौं पत्रकार हुन् ।

मेक्सिको पत्रकारहरुका लागि सबैभन्दा खतरनाक मुलुकको सूचीमा पर्ने गरेको छ । यहाँ सक्रिय आपराधिक लागूऔषध तस्कर समूह तथा राजनीतिक प्रतिशोधका आधारमा पत्रकारको हत्या हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ५९ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको