एनआरटीको सुखद् शुरुवात « Khabarhub

एनआरटीको सुखद् शुरुवात


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललित स्मृती यू–१८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम (एनआरटी) ले सुखद् सुरुवात गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले जीत हात पारेको हो । खेलको पहिलो मिनेटमै एनआरटीले च्यासलविरुद्ध अग्रता बनाएको थियो ।

च्यासलविरुद्ध एनआरटीलाई अग्रता दिलाउन रेजिन माझीले गोल गरेका थिए । त्यस्तै, खेलको ४४ औं मिनेटमा च्यासलले एनआरटीविरुद्ध गोल फर्काएको थियो । च्यासलका लागि सिराब लो तामाङले गोल गरेका थिए । पहिलो हाफमा १–१ बराबरीमा खेलेको च्यासल सम्हालीन नसक्दा दोस्रो हाफमा तीन गोल खान पुग्यो । एनआरटीका लागि दोस्रो हाफमा क्रितिश रत्न छुन्जु, सुजन शर्मा धिताल र विवेक राईले समान एक–एक गोल गरे ।

जसमा खेलको ५४ औं मिनेटमा क्रितिशले गोल गरे भने ८१ औं मिनेटमा सुजनले गोल गर्दा एनआरटी ३–१ गोलको सहज अवस्थामा पुगिसकेको थियो । त्यस्तै, खेलको ८७ औं मिनेटमा विवेक राईले गोल गर्दै एनआरटीलाई ४–१ को जित दिलाए ।

पहिलो जीत हात पारेको एनआरटीले ३ अंक जोड्दा च्यासल अंक विहिन बन्यो । बुधबारदेखि शुरु भएको प्रतियोगितामा १४ टिमको सहभागीता जनाएको छ ।

प्रतियोगितामा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब , ब्रिगेड ब्वाईज र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ३७ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर