संसदीय समितिले लोकसेवामाथि ‘कू’ गर्‍यो : निरौला | Khabarhub Khabarhub

संसदीय समितिले लोकसेवामाथि ‘कू’ गर्‍यो : निरौला


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगका पूर्व कार्यबहाक अध्यक्ष टिकादत्त निरौलाले लोक सेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कु’ को संज्ञा दिएका छन् ।

‘२०१७ साल तत्कालीन राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेका थिए,’ उनले भने, ‘अहिले संसदीय समितिले लोक सेवा आयोगको विज्ञापन रद्द गर्ने निर्णय गरेर प्रशासनिक ‘कू’ गरेको छ ।’

निरौलाले लोक सेवा आयोगको मुख्य कामनै कर्मचारी छनोट गर्नु रहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काम उचित नभएको तर्क पनि गरे ।समतिको निर्देशनपछि आयोगले ठोक कदम भने चालेको छैन ।

लोकसेवा आयोगका प्रवक्ता समेत रहेका किरणराज शर्माले विज्ञापन रद्द गर्न समितिले दिएको निर्देशन पालना नहुने तर्क गरेका छन् । उनले विज्ञापनको सम्बन्धमा आयोगको पूर्ण बैठक बसेर आवश्यक निर्णय लिने पनि बताएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग