७ दिनमा सलमान खानको ‘भारत’ ले कति कमायो ? « Khabarhub

७ दिनमा सलमान खानको ‘भारत’ ले कति कमायो ?


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान अभिनित फिल्म ‘भारत’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । मिश्रित समीक्षा पाएको यो फिल्मले बक्स अफिसमा भने निरन्तर कमाइ गरिरहेको छ ।

बक्स अफिसमा ४२ करोड ३० लाखसहित ओपनिङ गरेको यो फिल्मले ७ दिनमा १ सय ६७ करोड ६० लाखको व्यापार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इदको अवसर पारेर बुधवार नै रिलिज भएको यो फिल्मले बिहीवार ३१ करोड र शुक्रवार २२ करोड २० लाख कमाइ गरेको थियो ।

यस्तै फिल्मले शनिवार २६ करोड ७० लाख, आइतवार २७ करोड ९० लाख, त्यस्तै सोमवार ९ करोड २० लाख र मंगलवार ८ करोड ३० लाखको व्यापार गरेको हो ।

सलमान खानको शीर्ष भूमिका रहेको यो फिल्ममा क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्मले भारतमा मात्र १६७ करोड कमाइ गरेको हो । विश्वभरबाट भने झण्डै २ सय ५० करोड कलेक्सन गरेको भारतीय मिडियाले दाबी गरेका छन् । नेपालमा पनि यो फिल्मले अन्य फिल्मका तुलनामा बढी शो पाएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : १२ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा