घोराहीमा ४  सय ७५  लाई रोजगारी « Khabarhub

घोराहीमा ४  सय ७५  लाई रोजगारी


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगरपालिकाले ४७५ युवालाई छनोट गरेको छ । प्रत्येक वडाबाट २५ जनाको दरले १९ वटा वडाबाट छनोट गरिएको उपमहानरपालिकाले जनाएको छ ।

विभिन्न योजनामा काम गर्ने गरी उपमहानगरले ३६ योजना छनोट गरेको छ । उपमहानगरका रोजगार संयोजक शरद पाण्डेले उपमहानगरले शुरु गरेको रु ४० हजार देखि ५ लाखसम्मको योजना छनोट भएको जानकारी दिए ।

उनको अनुसार छनोटमा परेका कामदारले सरसफाइ, वृक्षरोपण, कल्भर्ट, कुलो, बगैँचा र पर्खाल निर्माण जस्ता काम गर्नेछन् । कामदारले दैनिक सात घण्टा काम गर्नुपर्नेछ भने तलब रु पाँच सय पाउनेछन् ।

रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २५७ जनाले फाराम भरेका थिए । एक महिनाभित्र सक्ने गरी सङ्घीय सरकारले उपमहानगरपालिकालाई रु एक करोड पठाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : १८ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप