उखुमा किसानमारा निर्णय, भारतीय सस्तो उत्पादन आयात गर्न अनुमति « Khabarhub

उखुमा किसानमारा निर्णय, भारतीय सस्तो उत्पादन आयात गर्न अनुमति


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– नेपाली किसानको उखुले बजारै पाएको छैन । उद्योगीले दिनुपर्ने रकम पनि किसानलाई दिएकै छैनन् । यस्तो बेला सकारले भारतीय उखु आयात गर्न पाउने गरी किसानमारा निर्णय गरेको समाचार आजको अन्नपूर्ण दैनिकले ‘उखुमा किसानमारा निर्णय, भारतीय सस्तो उत्पादन आयात गर्न अनुमति’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

त्यसैगरी पत्रिकाले सचिवमाथि सचिव, ६ मन्त्रालयमा दुई–दुई सचिव, अधिकारमा अलमल, कार्यसम्पादनमा समस्या शीर्षकमा अर्को समाचार छापेको छ । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा सचिवको किचलो भएको महिनौं भइसक्यो ।

प्रधानमन्त्री कार्यलय तानिएकी सचिव डा. पुष्पा चौधरी अदालत गुहार्न पुगिन् । उनको थमौती भयो । त्यसपछि मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरियो । अर्का सचिव केदारबहादुर अधिकारी मन्त्रालय पुगे । तर दुई जना सचिवले मिलेर काम गर्न सकेका छैनन् ।

यस्तै पत्रिकाले ‘दण्ड होइन, नियन्त्रणबाट भ्रष्टाचारको अन्त्य’ शीर्षकमा अर्को समाचार छापेको छ । भ्रष्टाचार विषवृक्ष जस्तै फैलने हुनाले यसलाई समाप्त पार्न आवश्यक छ, राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी छिन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भ्रष्टाचार लुकाउन खोज्छ भने त्यो काराबाहीको दायरामा आउने बताएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ५८ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई