कर्मचारी समायोजन शुरु- अनलाइन फाराम भरेका ६ सय ६२ सहसचिवको समायोजन « Khabarhub

कर्मचारी समायोजन शुरु- अनलाइन फाराम भरेका ६ सय ६२ सहसचिवको समायोजन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताए ।

उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार आवेदन दिएको आधारमा सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको बताए ।

यसअघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिने जानकारी गराए ।

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।

उनले उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताए ।  सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : २१ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम