राष्ट्रियसभा शून्य समय– बजेट चितवन र झापामा मात्रै ? « Khabarhub

राष्ट्रियसभा शून्य समय– बजेट चितवन र झापामा मात्रै ?


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले आ -आफ्नो क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले क्षेत्रगत समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य रामप्रित पासवानले दलित आयोगका अध्यक्ष र पदाधिकारी नियुक्त गर्न ढिलाई भएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले अबिलम्ब दलित आयोग गठन गरि सबै जात जातिको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे ।

राष्ट्रियसभा सदस्य विन्दा देवी आले मगरले चितवन र झापामा मात्रै धेरै बजेट विनियोजन भएको भन्दै बजेट विनियोजन गर्दा नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले संसद सचिवालयमा पानी पिउनका लागि राखिएका प्लाष्टिकका गिलास हटाई कागजको गिलास प्रयोगमा ल्याउन सचिवालयको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीलेले मुलुकभरका क्रशर उद्योगहरुलाई अनुगमन गरी तत्काल मापदण्ड भित्र राख्न माग गरे ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : ०० बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६