राष्ट्रियसभा शून्य समय– बजेट चितवन र झापामा मात्रै ? | Khabarhub Khabarhub

राष्ट्रियसभा शून्य समय– बजेट चितवन र झापामा मात्रै ?


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले आ -आफ्नो क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले क्षेत्रगत समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य रामप्रित पासवानले दलित आयोगका अध्यक्ष र पदाधिकारी नियुक्त गर्न ढिलाई भएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले अबिलम्ब दलित आयोग गठन गरि सबै जात जातिको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे ।

राष्ट्रियसभा सदस्य विन्दा देवी आले मगरले चितवन र झापामा मात्रै धेरै बजेट विनियोजन भएको भन्दै बजेट विनियोजन गर्दा नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले संसद सचिवालयमा पानी पिउनका लागि राखिएका प्लाष्टिकका गिलास हटाई कागजको गिलास प्रयोगमा ल्याउन सचिवालयको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीलेले मुलुकभरका क्रशर उद्योगहरुलाई अनुगमन गरी तत्काल मापदण्ड भित्र राख्न माग गरे ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : ०० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग