२० दिनमै सकियो सुरक्षा र बेनिषाको ‘घर’, दर्शक तर्सिर्ने टिमको दावी « Khabarhub

२० दिनमै सकियो सुरक्षा र बेनिषाको ‘घर’, दर्शक तर्सिर्ने टिमको दावी


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्पण थापा निर्देशित फिल्म ‘घर’ को छायांकन सकिएको छ । हरर जानरामा निर्माण भएको यो फिल्म फ्लोरमा गएको २० दिनमै छायांकन सकिएको हो ।

निर्माण टिमका अनुसार फिल्ममा अर्पण थापा, वेनिषा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ ।

निर्देशक अर्पणकै कथा रहेको यो फिल्मले दर्शकलाई छुट्टै आनन्द दिने निर्माण टिमको दावी छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताका रुपमा छन् भने शर्मिला पाण्डे निर्मात्री छिन् ।

प्रस्तुतकर्ता दीपेन्द्र के‍. खनालले फिल्मले दर्शकलाई तर्साउने दावी गरे । फिल्ममा भीएफएक्स तथा सम्पादनको काम भने बाँकी छ ।

चलचित्रमा सुरक्षा अर्पणकी श्रीमतीको भूमिकामा भएको बताएको छ । वेनिषाको भूमिकाका बारेमा भने केही खुलाइएको छैन ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ४५ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता