धमिलो पानीमा माछा मार्ने काम हुँदैछ, सचेत बनौं : गृहमन्त्री थापा « Khabarhub

धमिलो पानीमा माछा मार्ने काम हुँदैछ, सचेत बनौं : गृहमन्त्री थापा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि संञ्चालन भइरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भईरहेको भन्दै त्यस तर्फ सचेत हुन प्रहरी संगठनलाई निर्देशन दिए ।

उनले संविधानको मर्म विपरित र मुलुकलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सैह्य नहुने भन्दै राजनीतिका नाममा हुने अपराधका अतिरञ्जित प्रवृत्ति रोकिनुपर्ने बताए । उनले प्रहरी संगठन भित्र राजनीतिक प्रभाव नरहेको दाबी गरे । नीतिगत रुपमा गरिने निर्णय बाहेक कार्यगत तहमा र पेशागत रुपमा कानूनको सर्वोच्चतामा नै प्रहरी संठन क्रियाशिल हुन पाउनुपर्ने उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधि र खस्कदो सामाजिक मुल्यमान्यताका बीच अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने काम आफैमा चुनौतीपूर्ण रहेपनि प्राप्त ज्ञानको अधिकतम प्रयोग गरि कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । उनले प्रहरी संगठनप्रति जनताको विश्वास अभिवृद्धि गर्न नागरिकका अपेक्षा बमोजिम सेवा प्रधान गर्नुपर्ने आवश्यकता औल्याए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : १२ बजे

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा