नेकपाको जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली नजाने ! « Khabarhub

नेकपाको जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली नजाने !


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जनयुद्ध दिवस’का अवसरमा आयोजना गर्ने कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी नहुने भएका छन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि शुरु गरेको ‘जनयुद्ध’को सम्झनामा माओवादीसमेतको एकीकरण पछि बनेको नेकपाले केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

श्रद्धाञ्जली सभामा नेकपाका दुवैजना अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनिएको थियो । तर, मंगलवार नेकपा केन्द्रीय कार्यालय प्रचण्ड मात्रै कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुने जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठको हस्ताक्षर सहित सम्प्रेषित निमन्त्रणा पत्रमा प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागी हुने उल्लेख छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकतापछि बनेको नेकपाले औपचारिक रुपमा ‘जनयुद्ध दिवस’ मनाउने तयारी गरेको छ । नेकपा महासचिव विष्णु पौडेलले सबै प्रदेश र जिल्ला कमिटीलाई पत्राचार गरी फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन जारी गरेका छन् । तर, केन्द्रमा हुने कार्यक्रममा भने अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भने सहभागी नहुने भएका छन् ।

नेकपा केन्द्रीय कार्यालय स्रोतले प्रधानमन्त्री ओलीको व्यतस्तका कारण उनी सहभागी संभावना कम रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : ०७ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।