डीपीएलमा रुपन्देहीको लगातार दोस्रो जीत, करणको टिम पराजित « Khabarhub

डीपीएलमा रुपन्देहीको लगातार दोस्रो जीत, करणको टिम पराजित


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुनित मेहराको अलराउन्ड प्रदर्शनमा रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा लगातार दोस्रो जीत दर्ता गरेको छ । मंगलबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।

विराटनगरले दिएको ९४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १३.१ ओभरमा ९५ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । ओपनिङ ब्याट्सम्यान सन्दीप सुनार शुन्य र अर्को ओपनिङ ब्याटस्म्यान प्रदिप ऐरी २ रनमा आउट भइपछि दबाबमा आएको रुपन्देहीका लागि तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका बाबर हायतले ब्याटिङ इनिङ्स सम्हालेका थिए ।

हायत १७ रनमा आउट भए भने अर्का ब्याट्सम्यान विनोद भण्डारी ७ रनमा आउट भएपछि दबाबमा आएको रुपन्देहीका लागि पुनित मेहराले उत्कृष्ट ब्याटिङ गर्दै टिमको ब्याटिङ लाइन सम्हालेका थिए ।

उनले २७ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै, भीम सार्कीले नटआउट रहँदै १२ रन बनाए ।

रुपन्देहीविरुद्ध विराटनगरका अभिनास यादवले २ विकेट लिए भने कप्तान करण केसी, सुशान भारी र साम्सद शेखले समान १—१ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगरका लागि नटआउट रहेका राजेश पुलामी मगरले १७ रन तथा असदुल्ला खानले १६ रन बनाए भने कुशल भुर्तेलले १२ तथा साम्सद शेखले १० रन बनाएका थिए ।

विराटनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट प्रदर्शन गर्दै ९३ रनमा समेट्न सफल भए । जसमा रुपन्देहीका लागि भारतीय खेलाडी पुनित मेहराले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर राख्दै २० रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, समान ४ ओभर बलिङ गरेका ललितनारायण राजवंशी र कप्तान वसन्त रेग्मीले समान २—२ विकेट लिए ।

पहिलो खेलमा म्यान अफ दी म्याच घोषीत विक्रम शोव र कृष्ण कार्कीले समान १—१ विकेट लिए ।

जितसँगै रुपन्देहीले ४ अंक जोडेको छ भने पराजित विराटनगरले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : १५ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि