राप्रपाको मेची महाकाली राष्ट्रिय यात्रा– १०० भन्दा धेरै सभा, शुद्ध शाकाहारी भोजन ! | Khabarhub Khabarhub

राप्रपाको मेची महाकाली राष्ट्रिय यात्रा– १०० भन्दा धेरै सभा, शुद्ध शाकाहारी भोजन !


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारीलाई तीव्र पारेको छ ।

फागुन १५ देखि ३० गतेसम्म सञ्चालन गर्ने मेची महाकाली यात्रालाई व्यवस्थित र प्रभावकारी ढंगबाट सम्पन्न गर्न राप्रपाले केन्द्रमा सचिवालय स्थापना गरेको छ भने जिल्लामा हुने कार्यक्रमको तयारीका लागि केन्द्रबाट चारवटा टोली समेत पठाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले फागुन १५ गते ताप्लेजुङ सदरमुकामबाट यात्राको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिने उदेश्यका साथ मेची महाकाली यात्रा हुन लागेको श्रेष्ठले बताए ।

यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको राप्रपाले जनाएको छ ।

ताप्लेजुङबाट पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्नेछ । फागुन ३० गते राजधानीमा सभा गरेसँगै यात्रा समाप्त हुने राप्रपाले जनाएको छ ।

काठमाडौंमा दशरथ रंगशालाबाट ५००० भन्दा बढी मानिस कलश यात्रामा सहभागी हुनेछन् ।

यात्राका क्रममा साना ठूला गरि १०० भन्दा बढी सभाहरु हुने र प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : २० बजे

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैली

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।