निर्माणाधीन ट्याङ्कीमा मृत भेटिए मेलम्ची अ‍ायाेजनाका ठेकेदार | Khabarhub Khabarhub

निर्माणाधीन ट्याङ्कीमा मृत भेटिए मेलम्ची अ‍ायाेजनाका ठेकेदार


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ललितपुरको ढोलाहिटीमा निर्माणाधीन खानेपानीको ट्याङ्कीमा एकजना मृत भेटिएका छन् ।

खानेपानी आयोजनाको ट्याङ्की निर्माणका ठेकेदार ४९ वर्षीय इश्वर महतो मृत फेला परेका हुन् । भारत बिहारको बेतिया घर भएका महतो बिहान ६ बजे ट्याङ्कीमा मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार महतो ट्याङ्कीभित्र मृत फेला परेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको थपलियाले जानकारी दिए ।

महतोका आफन्तहरु काठमाडौंमा नभएकाले शवको पोष्टमार्टम हुन सकेको छैन । प्रहरीका अनुसार मृतक महतोका आफन्तहरु काठमाडौंका लागि घरबाट हिँडिसकेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ४९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता