म्यान्मारमा अल्पसङ्ख्यक जातिको प्रदर्शन « Khabarhub

म्यान्मारमा अल्पसङ्ख्यक जातिको प्रदर्शन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्मारलाई स्वतन्त्रता दिलाउने स्वतन्त्र सेनानी जनरल आङ सानको स्मारक स्थापनाका विषयमा म्यान्मारका करेन्नी जातीय समुदायले प्रदर्शन गरेका छन् ।

म्यान्मारको कयाह राज्यको राजधानी लोइकमा करन्नी जातीय समुदायका मानिसहरुले प्रदर्शन गरेको अधिकारीले जनाएका छन् । जनरल आङ सानको स्मारक स्थापना गर्न भन्दा पनि आङ सानसँग अल्पसङ्ख्यक जातीय समुदायले सन् १९४७ फेब्रुअरीमा गरेको सम्झौता कार्यान्वयन गरी आफूहरुको पहिचान, आत्मनिर्णय तथा स्वशासनको अधिकार सुरक्षित गर्न भन्दै प्रदर्शन गरिएको प्रदर्शनकारीले जनाएका छन् ।

सन् १९४७ को फेब्रुअरी १२ मा विभिन्न जातीय समुदाय र तत्कालिन बर्मा सरकारबीच भएको सम्झौतामा अल्पसङ्ख्यक जातीय समुदायहरुको अधिकार रक्षा तथा अधिक स्वशासनको विषय उल्लेख छ ।

त्यसै वर्षमा जनरल आङ सानको हत्या भएयता त्यस सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । प्रदर्शनमा ३ हजारभन्दा धेरै करेन्नी जातीय समुदायका मानिसहरु सहभागी रहेको बताइएको छ ।

प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रुग्याँस, रबरको गोली तथा पानीको फोहोरा प्रयोग गरेको जनाइएको छ । म्यान्मारका विभिन्न क्षेत्रमा अल्पसङ्ख्यक जातीय समुदायहरु आफ्नो आत्मनिर्णय तथा स्वशासनको माग गर्दै सरकारविरुद्ध युद्धरत छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।