कम्युनिष्ट छापामारलाई सुपुर्दगीका लागि आग्रह | Khabarhub Khabarhub

कम्युनिष्ट छापामारलाई सुपुर्दगीका लागि आग्रह


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निर्वासित कम्युनिष्ट छापामार नेतालाई आफ्नो मुलुक सुपुर्दगी गर्न इटालीले फ्रान्ससमक्ष आग्रह गरेको छ । इटालियन तथा फ्रेन्च न्यायमन्त्रीहरुबीचको वार्ताका क्रममा कम्युनिष्ट छापामार नेतालाई सुपुर्दगी गर्ने विषयमा कुरा उठेको हो ।

यसअघि इटालीका दक्षिणपन्थी उपप्रधानमन्त्री मात्तेयो साल्भिनीले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंसमक्ष छापामार नेताहरुलाई सुपुर्दगीको आह्वान गरेक थिए । फ्रान्समा निर्वासित इटालीका कम्युनिष्ट नेताहरुविरुद्ध सन् १९६० को दशकदेखि ८० को दशकसम्म चलेको ‘यियर्स अफ लिड’ का समयमा विभिन्न आक्रमणमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

यसअघि इटालीले एकजना छापामार नेतालाई सुपुर्दगीको औपचारिक आग्रह गरेको र दोश्रो औपचारिक आग्रह चाँडै हुनसक्ने अनुमान गरिएको छ । इटालीको औपचारिक आग्रहका विषयमा बुधबार बैठक बस्ने फ्रेन्च अधिकारीले जनाएका छन् ।

‘यियर्स अफ लिड’ को समयमा उग्र बामपन्थी तथा उग्र दक्षिणपन्थी पार्टीका कार्यकर्ताबीच भएका हत्या, हिंसा अपहरण र अन्य सामाजिक अपराधका क्रममा सयौँ जनाको ज्यान गएको थियो ।

सन् १९७८ मा तत्कालीन इटालियन प्रधानमन्त्री अल्डो मोरोको अपहरणमा संलग्न तीनसहित ९ जना छापामार नेताहरु फ्रान्समा लुकेर बसेको इटालीको ला रिपब्लिका समाचारपत्रले जनाएको छ । यसअघि हालै एकजना बामपन्थी नेता आजीवन कारावासको सजाय व्यहोर्न इटाली पुगेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ०४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले