काठमाडाैं– सशस्त्र प्रहरी बलको निरीक्षक (इन्सपेक्टर) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
लोकसेवा आयोगबाट लिइएको परीक्षाको नतिजा आइतवार सार्वजनिक भएको हो ।
सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा खुलातर्फ २४, महिलातर्फ ४, आदिवासी जनजातितर्फ ६, मधेसीतर्फ ५, दलिततर्फ ३ र पिछडिएको क्षेत्रतर्फ १ जना माग गरेको थियो ।
जसअन्तर्गत खुलातर्फ ३०, आदिवासी जनजातितर्फ ८, मधेसीतर्फ १, दलिततर्फ १ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । परीक्षामा २ सय ९४ जना सहभागी भएका थिए ।
हेर्नुहोस् लिखित परीक्षामा को–को उत्तिर्ण भए,
प्रतिक्रिया