जब नेविसंघका विद्यार्थीले कांग्रेस नेतालाई सानेपामा घेरे « Khabarhub

जब नेविसंघका विद्यार्थीले कांग्रेस नेतालाई सानेपामा घेरे


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसको भ्रातृसंगठन नेविसंघका विद्यार्थीले महाधिवेशनका लागि पार्टीले गठन गर्ने तदर्थ समिति ३२ वर्षे उमेर हद कायम हुनुपर्ने माग गर्दे कांग्रेस पार्टी कार्यालय सानेपामा नारावाजी गरेका छन् ।

विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्षे उमेर हदबन्दी अनुसार तदर्थ समिति बनाउन नेविसंघका विद्यार्थी नेताले केन्द्रीय कार्यालयमा नारावाजी गरेका हुन् । पार्टीले नेविसघंको विधानमा ३२ वर्ष कायम गरेको र विधान उल्लंघन हुन सक्ने भन्दै केन्द्रीय समितिमा सहभागी हुन आएका नेतालाई गेटमा नै रोकि सचेत गराइएको थियो ।

सोमबार मात्रै संघका अध्यक्ष नैनसिंह महरले सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएको भोलिपल्ट मंगलबार नेविसंघका विद्यार्थीले सानेपास्थित पार्टी कार्यालयमा नाराबाजी गर्नुका साथै केन्द्रीय कार्यसमितिका बैठकमा सहभागि हुन आएका शीर्ष नेताहरुलाई घेरेका थिए ।

नेविसंघको विवादका बारेमा काग्रेसको केन्द्रिय समितिमा केही दिन यता छलफल भइरहेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नेतृत्वमा उमेर हदबन्दी हुनु पर्ने मागलाई पार्टीले सकारात्मक रुपमा लिएको र त्यसबारे छलफल गरेर उचित निर्णय लिने बताए ।

केन्दी्रय समिति बैठकमा महासमिति बैठकबाट पारित गरेका बिभिन्न पाँच बिषयलाई अन्तिम रुप दिने बारेमा पनि निरन्तर छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : ५६ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र