भक्तपुरमा यातायात व्यवसायीको विरोध « Khabarhub

भक्तपुरमा यातायात व्यवसायीको विरोध


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सवारी चालक अनुमतिपत्र अर्थात् सवारी ट्रायल निःशुल्क गर्नुपर्ने माग गर्दै भक्तपुरका ड्राइभिङ व्यवसायीहरुले यातायात व्यवस्था कार्यालय भक्तपुरमा विरोध गरेका छन् ।  भक्तपुरमा सवारी चालक अनुमतिपत्र लिन प्रयोग गरिने सवारीसाधनमध्ये दुईपाङ्ग्रेका लागि रु २०० र चारपाङ्ग्रेका लागि रु ३५० शुल्क लिने गरी कार्यालयले बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गरेका हुन् ।

भक्तपुर मोटर ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक गोकुल बनले यातायात कार्यालयले आर्थिक चलखेल गरी मनोमानी ढङ्गबाट गोप्यरुपमा बोलपत्र आह्वान गरेको भन्दै बोलपत्र प्रक्रिया खारेज गर्न माग गरे । सर्वोच्च अदालतले निःशुल्क ट्रायल लिने व्यवस्था मिलाउन दिएको आदेशको अवज्ञा गर्दै जिल्लाका कुनै पनि ड्राइभिङ व्यवसायीहरुसँग कुनै समन्वय नगरी सःशुल्क बोलपत्र आह्वान गरेको बताए ।

सुमन मोटर ड्राइभिङ सेन्टरका सञ्चालक गणेश गिरीले नेपालको संविधानले तोकेको यातायात ऐनअनुरुप बाझिएको बताउँदै निःशुल्क सेवा दिने सेन्टर हुँदाहुँदै पनि कार्यालयले सःशुल्क बोलपत्र आह्वान गर्नु गैरकानूनी भएको बताए ।  उनले गोप्यरुपमा बोलपत्र आह्वान गरी एउटालाई मात्रै पार्ने षडयन्त्र गरेको बताए ।

यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख किरणप्रसाद ढकालले बोलपत्रका बारेमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेको बताउँदै नियमसङ्गत रुपमा बोलपत्र आह्वान गरेको दाबी गरे । उनले प्रदेश मन्त्रालयले आर्थिक ऐन नियम निर्देशिकाअनुसार निर्णयको चरणमा अहिले नआएको बताउँदै सशुल्क गर्ने भन्ने माग कार्यालयमा आएकाले बोलपत्र आह्वान गरिएको बताए ।

कान्तिपुर मोटर ड्राइभिङका सञ्चालक विजय चौलागाईंले यातायात कार्यालयले मनोमानी ढङ्गबाट नियम विपरीत आह्वान गरेको बोलपत्र प्रक्रिया खारेजीका लागि कानूनी प्रक्रियामा जाने बताए । भक्तपुरका १६ वटा ड्राइभिङ इन्स्टिच्युटहरुले सशुल्क टेण्डर रद्द गर्न माग गर्दै कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

हालसम्म निःशुल्क ट्रायल सेवा दिँदै आएको मध्यपुर थिमिको इजिवे ट्रायल सेन्टरका सञ्चालक निर्भयबाबु प्रसाईंले भने बोलपत्र नियमसम्मत भएको दाबी गर्दै प्रदेश मन्त्रालयले गरेको निर्णय भएकाले बोलपत्र आह्वान रद्द गर्न नहुने बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ४० बजे

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार