पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध « Khabarhub

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गए राति गोलन्जोर गाउँपालिका-५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको सिंहले बताए । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअर्न्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए। बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेको उनको भनाइ छ । आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने बस्नेतले बताए ।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : २८ बजे

नेपाल श्रीलंका चेम्बरको अध्यक्षमा विजय श्रेष्ठ

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६

अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट सार्वजनिक

काठमाडौँ – अग्नि मोटोइन्क प्रा.लि. अग्नि समूहको सहायक कम्पनीले चितवनमा

नबिल बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात

सुर्खेत – नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं

टाटा मोटर्सले ल्यायो दशै अफर

काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी

पहिरो पन्छाएपछि महाकाली लोकमार्ग सञ्चालन

काठमाडौँ – महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका