कप्तान विलियमसनले गरे आफ्नो टिमको प्रशंसा « Khabarhub

कप्तान विलियमसनले गरे आफ्नो टिमको प्रशंसा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -आईसीसी विश्वकप क्रिकेटको फाइनमा पुगेको न्यूजिल्यान्डका कप्तान केन विलियमसनले आफ्नो टोलीका बलरहरुको प्रशंसा गरेका छन् । बुधबार भारतलाई सेमिफाइनलमा १८ रनले हराउदै फाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डका कप्तानले बलरले राम्रो गरेको बताएका छन् । यस्तै, उनले टिमका खेलाडीहरुले राम्रो खेलेको बताउँदै टिमको प्रशंसा समेत गरेका छन् ।

लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको न्यूजिल्यान्ड अब आइतबार लड्स क्रिकेट मैदानमा घरेलु टोली इंग्ल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि कप्तान विलियमसनले भने,‘म सम्मान गर्न चहान्छु । जुन तरिकाले खेलाडीहरुले मैदानमा मेहनत गरिरहे र मानसिक रुपमा आत्मविश्वासी भएर लागि रहे । बलिङमा हामीले शानदार शुरुवात गयौं । त्यसैबाट हामी अगाढि बढ्यौं । जसकारण हामी विपक्षीमाथि हावी हुन सक्यौं ।’

भारतविरुद्धको खेलमा खेलाडीहरुले राम्रो गर्दै उनीहरुमाथिको जुन विश्वास लिएको थियो त्यो पुरा गरेको उनले बताए ।

भारत बलियो टोली हो । त, उसका अग्रपंतीका चार ब्याट्सम्यान सस्तैमा आउट हुँदा पनि दबाब झेलेर राम्रो खेल्यो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : १३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु