'सानो मन' को प्रिमियरमा जे देखियो (फोटो फिचर) | Khabarhub Khabarhub

‘सानो मन’ को प्रिमियरमा जे देखियो (फोटो फिचर)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – आयुष्मान देशराज जोशी र शिल्पा मास्केको जोडी रहेको चलचित्र ‘सानो मन’को प्रिमियर गरिएको छ । झण्डै ५ सयको हाराहारीमा सहभागिता रहेको प्रिमियरमा कलाकार तथा संगीत क्षेत्रका सेलिब्रेटीको उपस्थिति थियो ।

प्रिमियरमा चलचित्र हेरेका सेलिब्रेटीले ‘सानो मन’ मन परेको प्रतिक्रिया दिए । चलचित्रमा शिल्पा र आयुष्मानको प्रेम देखाइएको छ । प्रिमियरपछि निर्देशक सुयोग गुरूङले यो फिल्ममा आएको प्रतिक्रियाले आफूलाई नर्भस बनाएको बताए ।

नायिका शिल्पा मास्केले पनि प्रिमियरमा पाएको प्रतिक्रियाले खुशी मिलेको बताइन् । यो सफलताको प्रमूख श्रेय निर्देशकलाई जाने उनको भनाइ थियो ।

आज शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र ‘म्यूजिकल लभ स्टोरी’मा बनेको छ । युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको ‘सानो मन’लाई हरेक उमेर समूहका दर्शकले चलचित्रलाई उत्तिकै रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

आयुष्मान र शिल्पाका अलावा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा आलोक शुक्लाको डि.ओ.पि. रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको फिल्ममा ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी छ ।

 

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : २४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार