महिलाहरू के चाहन्छन् ? « Khabarhub

महिलाहरू के चाहन्छन् ?


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जीवन साथीले के चाहन्छ भन्ने कुरा थाहा पाउनु निकै महत्वपूर्ण कुरा हो ।

जीवनसाथीको चाहनाअनुसार आफू चल्ने हो र उसको इच्छालाई प्राथमिकता दिने हो भने वैवाहिक जीवन, प्रेम सम्बन्ध र यौन सम्बन्धहरु सहजरुपमा अघि बढ्छन् ।

आफ्नो पार्टनरको चाहना र आवश्यकतालाई पुरुषसले ख्याल गर्न सक्नुपर्छ । दैनिक काम कारवाही, किनमलेल, घुमघाम, हेरचाह लगायतमा विशेष ध्यान दिन आवश्यक हुन्छ भने यौनको मामलामा पनि जीवन साथी वा यौन पार्टनरको चाहनालाई ध्यान दिन जरुरी हुन्छ । यस्तोमा महिलाले के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ । आखिर के चाहन्छन् त महिला ?

आजभोलि अधिकांश दम्पती कामकाजी हुन्छन् । यस्तोमा यौनसम्पर्क कतिपटक भयो भन्दा पनि कति सन्तुष्टदायक भयो भन्ने कुराले महत्त्व राख्छ । त्यसैले हरेक दिनको साटो सातामा एकपटक यौनसम्पर्कका लागि उत्कृष्ट समय निकाल्नुपर्ने धारणाको विकास भएको पाइन्छ । जसबाट दम्पतिबीच प्रेम–प्रगाढता त बढ्छ नै, महिलाहरूलाई सन्तुष्टि पनि प्राप्त हुन्छ ।

रोमान्स नभई यौनको चाहना

रोमान्स वैवाहिक जीवन र यौनसम्पर्कको प्रारम्भका लागि अत्यन्त आवश्यक छ, तर कैयन् स्थितिमा महिलाहरू रोमान्सलाई एकातिर छोडेर साथीबाट मात्र यौनसम्पर्कको इच्छा राख्छन् । यस्तोमा पुरुष साथीले उनीहरूको इच्छाविपरीत व्यवहार गरे भने महिलाहरूले त्यसलाई रुचाउँदैनन् ।

केही नयाँ प्रयोग गर्ने चाहना

दैनिक तालिकाका कुरा कसैलाई पनि मनपर्दैन । जसरी दैनिक रूपमा एउटै प्रकारको खाना वा एउटै प्रकारको पहिरन लगाउँदा जो कोहीलाई बोर लाग्छ, त्यसैगरी अन्तरंग क्षणहरूमा पनि महिलाहरू पुरुष साथीबाट केही नयाँ प्रयोगको अपेक्षा राख्छन् । यस्तोमा जब पुरुष साथीले उनीहरूको भावना बुझ्न सक्दैनन् तब उनीहरू त्यसबाट टाढा रहन थाल्छन् ।

यौनसम्पर्कपश्चात्

प्राय: पुरुषहरू यौनसम्पर्कपश्चात् मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यसो गर्दैनन् । यौनसम्पर्कपश्चात् पनि उनीहरू पार्टनरको प्रेमपूर्ण स्पर्शको चाहना राख्छन्, जसलाई प्राय: पुरुषले बुझ्दैनन् । यौनसम्पर्कपश्चात् पुरुष साथीको त्यस्तो व्यवहारबाट सन्तुष्ट प्राप्त हुनुको साटो महिलाको तनाव अझ बढ्छ । अत: पुरुषहरूले यस विषयमा सजग रहनुपर्छ ।

स्वभावमा परिवर्तन

यदि तपाई आफ्नो जीवनसाथीको नजिक रहन चाहनुहुन्छ भने उनको इसारा बुझ्नु आवश्यक छ । महिनाबारीका बेला हार्मोनल परिवर्तनका कारण महिलाहरूमा स्वभावमा समस्या देखिन्छ, अर्थात् उनीहरूको स्वभाव परिवर्तन हुन्छ । यसबाट केही महिलामा कामेच्छा बढ्छ, तर केही यौनसम्पर्कबाट टाढा रहन मन पराउँछन् । यस्तोमा उनीहरूको मनको कुरा बुझेर व्यवहार गर्नु पुरुषको जिम्मेवारी हो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : १७ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना