लगातारको वर्षाले सिंहदरबारको पर्खाल भत्कियो, एक जना घाइते « Khabarhub

लगातारको वर्षाले सिंहदरबारको पर्खाल भत्कियो, एक जना घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाले मुख्य प्रशासनिक निकाय सिंहदरबारको पर्खाल भत्किएको छ ।

तीनदिन देखिको वर्षाले सिंहदरबारको अनामनगर तर्फको पर्खाल ढलेको हो । पर्खाल ढल्दा एक जना घाइते बनेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।

पर्खाल भत्किएपछि अनामनगर क्षेत्र तर्फको सडक एकतर्फि सञ्चालन भएको प्रहरीले जनाएको छ । भत्किएको पर्खाल पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि वर्षाका कारण आज विहान ललितपुरमा एक रुख ढल्दा महानगरीय प्रहरी प्रभाग पुल्चोकको कार्यालयमा क्षति पुगेको थियो ।

अविरल वर्षापछि देशभरको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश स्थान जलमग्न भएको छ । पहाडी क्षेत्रमा पहिरो गएको छ भने केही घरहरुमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १२ : २० बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा